काठमाडौं- भारतमा दैनिक रुपमा भइरहेका बलात्कारका घटनाका विषयमा बलिउड अभिनेत्रि प्रियंका चोप्रा बोलेकी छन् । उनले बलात्कारका घटना न्युनिकरणका लागि पहल चाल्न आवश्यक रहेको संकेत गरेकी छन् ।
केहिदिअघि उत्तर प्रदेशको हाथरसपछि यही राज्यको बलरामपुरमा २२ बर्षिया यूवतीमाथि ग्याङ्ग रेप भएको थियो । नायिका चोपडाले यही घटनामा आक्रोस व्यक्त गर्दै सामाजिक संजालमा लेखेकी छिन्–‘बलरामपुरबाट अझै डरलाग्दो खबर आएको छ । हरेक बलात्कार मात्र दोश्रो नम्बर होइन । यसको पछि सिंगो परिवार हुन्छ, जसलाई सधै डराएर वाच्नुपर्ने हुन्छ ।’
उनले महिलाहरुले बलात्कारका घटनाविरुद्ध उल्लेख्य कदम चाल्न नसकेको बताएकी छन् । उनले भनेकी छन्, ‘हामी सबैले यो क्रुरतापूर्ण घटनाका लागि लाजले आफ्नो शिर झुकाउनु पर्दछ कि हामीले हाम्रा महिलाहरुका लागि केही पनि गर्न सकेनौ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।