काठमाडौं- शहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे)को निधन भएको छ । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आज आफ्नै निवासमा निधन भएको हो ।
पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँ फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । शेर्माको आज दिउँसो उर्लावारीस्थित सुनझोडा जङ्गलमा अन्त्येष्टि गरिएको छ ।
यसैबीच, शेर्माको असमायिक निधन प्रति चलचित्रकर्मी, साहित्यक, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीले समवेदना व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।