बलिउडमा यतिबेला अभिेनता सुशान्त सिंह राजपुतको आत्महत्याको विषयले भयंकर ठूलो रुप लिएको छ । यसबीच योग गुरु बाबा रामदेवले यसविषयमा टिप्पणी गरेका छन् ।
उनले अभिनेत्रीहरूलाई योग गर्ने सल्लाह दिँदै भने, ‘बलिउडका युवतीहरू सारा अली खान, श्रद्धा कपूर र दीपिका पादुकोणलाई बिहान बिहानै उल्टो झुण्ड्याइदेऊ । हैन, हैन, फाँसीमा झुण्ड्याऊ भनेको हैन । आफ्नै देशका बच्चा हुन् । यिनीहरूमाथि दया देखाऊ । बिहानबिहान उल्टो भएर शीर्षासन गराऊ यिनीहरूलाई । बिहानबिहानै योग गरे भने नशामा लाग्ने छैनन् । योग गर्न जरूरी छ ।’
बलिउडमा हेमा मालिनी दिनदिनै योग गर्छिन्, आधा धन्टा कपालभाती र अनुलोम विलोम गर्छिन् । उनी कहिले पनि नशा गर्दिनन् ।
आफूले सिकाएको योगका कारण लाखौं मानिसले लागूऔषध छोडेको बाबा रामदेवले बताए । किसिमकिसिमका लागूऔषध दुर्व्यसनीहरूलाई योगमार्फत नै नशा छुटाएको उनले बताए ।
बिहान बिहान योग गर्दा शरीरमा राम्रो हर्मोनहरू बढ्ने र त्यसैले शरीरलाई आनन्द दिने, लागूऔषध लिइरहनु नपर्ने उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।