बलिउड अभिनेता सुशान्त सिंहको आत्महत्यापछि थुप्रै कलाकारहरु ड्रग्सको मुद्दामा मुछिएका छन् । यसबीच अभिनेत्रि दीपिका पादुकोणले ड्रग्ससम्बन्धी ह्वाट्सएप च्याटमा आफू पनि संलग्न भएको खुलाएकी छन्।
दीपिकाले नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)सँग करिश्मासँग ड्रग्सबारे कुराकानी स्वीकार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
दीपिकाको स्वीकारोक्तिले बलिउडमा तरंग पैदा गरेको छ। म्यानेजर करिश्मा प्रकाशसँगै सोधपुछका क्रममा उनका कतिपय कुराबाट एनसिबीका अधिकारीहरू सहमत हुन नसकेकाले थप सोधपुछ भइरहेको संचारमाध्यमले जनाएका छन्।
यसविषयमा थप अनुसन्धान भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।