प्रकाश तिरुवा -
१४ औँ महाधिवेशनकाे मिति तय भएसँगै राजनितीक वृतमा पार्टी नेतृत्व परिवर्तनको बहस अहिले काँग्रेसका विभिन्न तहमा चलिरहेकाे छ । देउवा र पौडेलकाे पुस्ताबाट अब पार्टी चल्दैन भन्ने विषय जाेडताेडले उठिरहेकाे छ । जुन विषय कांग्रेसकाे १३ औँ महाधिवेशनमा पनि उठेकाे थियाे ।
अहिले पुन: साेहि विषय कांग्रेसकाे आन्तरिक राजनितिकाे मुख्य विषय बनेकाे छ । नेताहरु विभिन्न समुह र ठाउँमा आन्तरिक छलफलमा ब्यस्त छन् । काेराेना माहामारीको याे समयमा पनि नेताहरु विभिन्न माध्यमबाट आगामि महाधिवेशनमा नेतृत्वका विभिन्न तहमा आफ्नाे दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
यसै बिच कांग्रेसका युवा नेताहरुले पनि अब युवा एक ठाउँमा आउनुपर्छ भनेर एउटा नेतृत्व परिवर्तनकाे मुद्धालाई मुलबुत रुपमा उठाउने भनेर सामुहिक प्रतिबद्धता जाएर गरेका थिए ।
जसमा गगन थापा, बद्री पाण्डे, धनराज गुरुङ, जिवन परियार, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदिप पाैडेल, रामहरि खतिवडा लगायतका युवा पुस्ताका नेताहरुकाे संलग्नता थियाे । उनिहरूको सामुहिक प्रतिबद्धताकाे मुख्य विषय नै युवा नेतृकाे थियाे ।
जुन १३ औँ महाधिवेशन ताका पनि उठेकाे थियाे तर कार्यान्वयन हुन सकेन । त्यसपछि २०७४ काे आम निर्वाचनमा पार्टीले लजास्पद हार सामाना गरेपछि वर्तमानमा नेतृत्वकाे बढि आलाेचना भएकाे थियाे जसकाे नेतृत्व गगन थापाले नै गरेका थिए । अग्रिम महाधिवेशनकाे माग राखेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने अभियानकाे नेतृत्व पनि थापाले नै गरेका थिए ।
पछि केहि युवाहरुकाे समुहले लिखित रुपमा नै नेतृत्व प्रति असहमति जनाएका थिए, यि सबै कुराकाे संकेत नै युवा नेतृत्वकाे थियाे भन्दा फरक नपर्ला ।
नेपाल र दक्षिण एसियाली युवाहरु सिर्जनशिल र उर्जावान हुन्छन् । ति विदेशमा नि श्रम गर्छन् । तिनका कर्म याेग्यता र कार्य दक्षता अनुसार विविध हुन्छन् । धेरै युवाहरू गतिशिल छन् । नेपालकाे ११ औँ जनगणना २०६८ अनुसार कुल जनसंख्याको ४० प्रतिशत भन्दा अलि बढि युवाकाे जनसंख्या छ जुन अहिले केहि परिवर्तन भएकाे हाेला ।
नेपालकाे राजनितिलाई युग सापेक्ष अगाडि बढाउने काम कसैले गर्छ भने त्याे युवाबाट मात्र सम्भव छ । युवा भविष्यका सम्वाहक र वर्तमानका गति हुन् । युवाकाे परिचालन नै सम्वृद्धिकाे मार्ग तए गर्ने आधारशिला हाे ।
तर वर्तमान पुस्ता त्यति सहजै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छैन । अझ कांग्रेसमा त याे कुरा सम्भव प्राय देखिदैन । किनकि वर्तमान नेतृत्व नै अहिलेसम्म नेतृत्वकाे दाबेदारीमा देखिन्छ ।
वर्तमान सभापति देउवा पुन एक कार्यकाल सभापति दाेहाेरिने साेचमा छन् भने १३ औँ महाधिवेशनमा देउवाका प्रतिद्वन्द्वी पाैडेल देखि सशांक काेइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, बिमलेन्द्र निधि, गगन थापा लगायतकाले सभापतिमा दावेदारी प्रस्तुत गरेका छन् ।
यि मध्ये थापा मात्र दाेस्राे पुस्ताका नेता हुन् । जसले सधैं पार्टी भित्र र बाहिर सवल कांग्रेसकाे आवाज बुलन्द गरेकाे पाइन्छ । वर्तमान पुस्ताकाे तर्फबाट सायद यदि ठुलाे रिक्स माेल्ने शक्ति कसैमा छ भने त्याे गगनमा देखिन्छ ।
उनि रिक्स लिन तयार भएकाे कुरा १३ औँ महाधिवेशनले प्रमाणित गरेकाे थियाे । यसरि उम्मेदवारीमा पहिलो पुस्ताको दावेदारी देख्दा दाेस्राे पुस्ता नेतृत्वकाे प्रमुख पदमा आशा गर्ने ठाउँ छैन ।
त्यसैले यसै पटक युवा नेतृत्व सभापतिमा आउने सम्भावना कम देखिन्छ । पार्टी बडाे निर्दयी हुन्छ । समाजको चाहाना, आवश्यकता र भविष्यसँग कुनै सम्बन्ध हुदैन ।
अझ कांग्रेस त विरासत र वरिष्ठतामा विश्वास गर्दछ । कांग्रेसमा एजेण्डा, विचार र कार्यक्रम भन्दा गुट, उपगुट, परिवारवाद र विरासत साथ साथै गिराेहले काम गर्छ ।
त्यहिँबाट जितेर आउनु दाेस्राे पुस्ताका नेतालाई गाराे छ । जबसम्म पहिलाे पुस्ता स्वइच्छाले आफ्नो दावेदारी छाड्दैन । वर्तमान पार्टी सभापतिले नै पुन नेतृत्वमा दाेहाेरिने कुरा गर्दा याे विषय झन पेचिलो बनेकाे छ ।
सामान्य पारिवारिक पृष्ठभूमिबाट कांग्रेसकाे राजनितिमा हाेमिएका देउवाले दुई दशक देखि नै आफ्नो गुट 'इन्टयाक्ट' राखेका छन् । उनकाे पार्टीमा लामाे संघर्ष छ तर उनि टेस्ट हुन् । तै पनि पार्टीको नेटवर्किङ प्रणालीमा उनि एक्लैकाे ४० प्रतिशत भन्दा बढि पकड छ जुन भंग गर्ने वा नगर्ने हात महेन्द्र नारायण निधि पुत्र बिमलेन्द्र निधिमा निहित छ ।
इतर पक्षका ( रामचन्द्र, शसांक, प्रकाशमान, शेखर, सिटाैला लगायत ) सबै मिल्दा ६० प्रतिशत हाेल्ड छ । त्यसमा नि सिटाैला पक्षकाे करिब १५ प्रतिशत भएकाे अनुमान गर्न सकिन्छ । सिटाैला पक्षका जनाधार भएका नेता थापा आफै हुन् ।
याे अवस्थामा युवा सार्थक हुन्छ हुदैन याे अहिले भन्न सकिने अवस्था छैन जसका लागि आगामि फागुन ७ गतेसम्म कुर्नुपर्ने हुन्छ । पार्टी भित्रकाे गुट, उपगुट, नेताहरुको सिन्डिकेट र प्रतिनिधिमुलक परम्परागत निर्वाचन प्रणालि छिचाेल्दा नेतृत्व समाल्ने भुमिकामा युवा पुस्ता आउन सकस पर्ने देखिन्छ ।
यति मात्र हाेइन विपि पुत्र शसांक, निधि पुत्र विमलेन्द्र र सिंह पुत्र प्रकाशमान जाे विरासतका उपजका रुपमा कांग्रेसकाे राजनितिमा व्याजकाे फाइदामा छन् उनिहरुलाई इन्काउन्टर दिन त्यति सहज छैन । किनकि कांग्रेसमा विचार, चाहाना र पार्टी र देशलाई सवल बनाउन सक्ने नेतृत्व भन्दा वरिष्ठता र विरासतमा विश्वास गरिन्छ ।
नेतृत्व सवल भएमात्र पार्टी सवल हुन्छ । विरासत र वरिष्ठताले भारतीय कांग्रेसकाे अवस्थामा पार्टीलाई पुर्याउन सक्छ। त्यसैले आगामि कांग्रेसका बिच तमाम चुनाैतिका पहाड छन् ।
एकातिर नेकपाकाे दबदबा छ भने अर्को तिर आन्तरिक शक्ति सन्तुलन जुन कुराकाे सामना गर्न सक्षम नेतृत्व आवश्यक छ । अहिलेको जटिल परिस्थितिमा भविष्यका निम्ति आशावादी हुने केहि ठाउँ छन् कि भनि खाेज्दा एउटा आशादित क्षेत्र हाे युवा जगत । तर युवा नेतृत्व उमेरले मात्र हाेइन, नयाँ साेच, सँस्कृति र मुल्यमान्यता बाेकेर आउने जुनसुकै उमेरकाे नेता भएनि त्याे युवा हुन सक्छ ।
तर, त्यसरी काेहि अगाडि आउन सक्ने ढाेका पनि नेतृत्व हस्तान्तरणमार्फत नै खुल्ने गर्छ । याे कुरा सधैं अनुत्तरित छ नेतृत्वका लागि उमेद्वारी घोषणा गर्न तम्सिएका कसैसँग पनि पार्टीकाे खस्कदाे सागलाई पुनर्जीवन दिने नत ठाेस याेजना नै छ नत कुनै कार्यक्रम, छ त केवल कुनै गुटकाे सहायता एकले अर्कालाई हराउने र नेतृत्वमा आउने ।
याे अवस्था वर्तमान सभापति देखि नेतृत्वका आकांक्षी सबैमा बिधमान् छ । तसर्थ सवल कांग्रेसका लागि हामिलाई वास्तवमा राजनितिमा नेतृत्वकाे अभाव खड्किएको छ ।
लेखक नेविसंघका नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।