आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भैरहवा लैजान रविलाई एयरर्पोट पुर्‍याइयो

भैरहवा लैजान रविलाई एयरर्पोट पुर्‍याइयो

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र २२ २०८१

  • 873
    SHARES

  • भैरहवा लैजान रविलाई एयरर्पोट पुर्‍याइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लिने तयारी गरिएको छ ।

    प्रहरी स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्‍याइएको छ ।

    शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले विमानमार्फत भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।

    ९ बजेको उडानमार्फत उनलाई भैरहवा लैजनाने तयारी छ । तर, कुन एयरलाइन्सको विमानबाट लैजाने भन्ने प्रहरीले खुलाएको छैन ।

    संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

    बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २७ २०८३१२:०८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend