सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे : विनय यादव

चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे : विनय यादव

  • मिडिया डबली
  • बुधवार, जेठ १० २०८०


  • चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे :  विनय यादव

    काठमाडाैं । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन रणनीति बनाइरहेकाे बताएका छन् ।

    जनकपुरमा अभियानले आयाेजना गरेकाे नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचारगोष्ठीमा बाेल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन रणनीति बनाइरहेकाे बताएका हुन् ।

    images
    images

    उनले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे । उनले भने,'उतर तीरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेकाे छ, चीनले देश भित्र राजनीतीक हस्तक्षेप गर्नुका साथै अघोषित नकाबन्दलाई निरन्तरता दिइरहेकाे छ।'

    उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको समेत खुलासा गरे । उनले भने,'चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।'

    त्यसैगरी गाेष्ठीमा साहित्यविद् सुदर्शन लाल कर्णले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेकाे आराेप लगाए । उनले भने,'चीनले नेपाललाई श्रीलंका बनाउनु खाेजिरहेकाे छ, चीनले पाेखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेकाे छ।'

    उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न काेणबाट कसरत गरिरहेकाे पनि जिकिर गरे ।


    उनले भने,'चीनकाे विस्तारवादी नीतिलाई राेक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणकाे जालमा फस्न दिनु हुँदैन।' हाम्रो देश आर्थिक संकटमा फसेको बेला कैलाश मानसरोवर यात्रा गराउने कम्पनी सँग चीनले ८०लाख रूपया धरौटी को नाम मागनू संकटको बेला घाटी रेतेको साबित भएको छ। कैलाश भ्रमण गर्न आउने पर्यटकहरुलाई अनावश्यक यताना दि चीनले नेपालको पर्यटन व्यवसाय ध्वस्त पारी नेपालको आर्थिक समस्यामा पारी त्यसको फ़ायदा उठाउन खोजेको आरोप लगाउनु भएको छ।

    संविधानसभा सदस्य विपी यादवले चीनकाे विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नराेकेसम्म नेपालकाे विकास सम्भव नहुने जिकिर गरे ।

    उनले भने,'कहिले चीनका लागि नेपाली राजदूतकाे ओहाेदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडाैंमा रहेकाे चिनियाँ दूतावासमार्फत चीनले नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतकाे काम गरिरहेकाे छ।'

    हिन्दी अभियंता रमन पाण्डेयले सनातन संस्कृति नेपालको आत्मा भएको बताउनु भयाे । उहाँले भन्नुभयाे,'समाजमा चली रहेको जातीय द्वन्दलाई समाधान गर्न राष्ट्रीय एकता को सूत्र हिन्दु संस्कृति नै हो त्यसकारण देशलाई संघिय हिन्दु गणतंत्र कायम गरी अघि बढ़णु पर्ने अहिलेकाे आवश्यकता रहेको छ।' 

    कार्यक्रममा धर्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण , मारवाड़ी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, डा. बीरेंद्र कुमार, प्राध्यापक बालकेश्वर ठाकुर, धर्मिक अभियंता भोगेन्द्र लाल कर्ण, वन्दना पाण्डेय लगायतले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन खाेजिरहेकाे भन्दै सतर्क हुन जाेड दिए ।

    chaina2.jpeg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३१ २०७९१२:४६:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend