काठमाडौँ- सांसदलाई दिइँदै आएकाे तलब–सुविधा बन्द गर्न माग गरिएकाे छ।
राष्ट्रिय एकता अभियान नेपालले सांसदलाई दिँदै आएको तलब–सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ। अभियानका अध्यक्ष विनय यादव नेतृत्वकाे टाेलीले अध्यक्ष तिमिल्सिनालाई भेटेर ज्ञापनपत्र बुझाइएको हो।
सांसदमाथि जनताको भरोसा कायम राख्न एवं संसद्को गरिमा कायम राख्न यो व्ययभार कटौती गर्न अत्यावश्यक रहेको यादवले बताए। ज्ञापनपत्रमा भनिएको छ, ‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै छ।
व्यक्तिगत कर्जा र व्यावसायिक कर्जाको ब्याज तथा किस्ताहरू नउठेर सबैजसो बैंकको खराब कर्जादर अप्रत्याशित रूपले बढेको छ। बैंकको ब्याज तिर्न नसकेर थुप्रै व्यापारी डिप्रेसनको सिकार भएका छन्।
यस्ताे अवस्थामा मुलुकको सार्वभौमसत्ता निहित रहेको सर्वोच्च निकाय संघीय संसद् नै भार थेग्न नसक्ने गरी मुलुकको ढुकुटी रित्याउने माध्यम बन्न जाँदा संसदमाथि जनताको भरोसा नै टुट्ने जोखिम पैदा भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘धेरैले व्यापार–व्यवसाय बन्द गरी पलायन हुनुपरेको छ भने धेरैले कर्मचारी कटौती गर्नुपरेको छ।
कृषि उत्पादको उचित मूल्य र मल नपाएर कृषकमा कृषिप्रति उदाशीनता छाएको छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।