बिहिवार, आश्विन १३ २०७९Sep 29 2022

Logo
राजनीतिक बिशेष

प्रत्यक्षमा पाँच सिट पनि जित्न नसक्ने माधव नेपालले कांग्रेस र एमालेलाई देखाइदिने

प्रत्यक्षमा पाँच सिट पनि जित्न नसक्ने माधव नेपालले कांग्रेस र एमालेलाई देखाइदिने

  • मिडिया डबली
  • आइतवार, श्रावण २२ २०७९

  • 10.9K
    SHARES

  • प्रत्यक्षमा पाँच सिट पनि जित्न नसक्ने माधव नेपालले कांग्रेस र एमालेलाई देखाइदिने

    काठमाडौं - यदि गठबन्धन नगरी आमनिर्वाचनमा एक्लाएक्लै लड्ने हो भने एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले रौतहट १ मा मात्रै जित्ने अनुमान गरिन्छ ।

    गत स्थानीय तहको निर्वाचनको मतपरिणाम विश्लेषण गर्ने हो भने रौतहटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव जित्न सक्नेछन् ।

    images
    images
    images

    त्यसबाहेक प्रत्यक्षमा उनको पार्टीबाट जित्ने ग्यारेन्टी भएका कोही नेता छैनन् । मकवानपुरमा विरोध खतिवडा, पाल्पामा सोमप्रसाद पाण्डे, दाङमा मेटमणि चौधरी र डोटीमा प्रेमबहादुर आलेलाई चुनाव जित्न पनि गठबन्धन नै आवश्यक पर्छ । तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालको धम्की पनि सानोतिनो छैन ।

    कहिले समाजवादी केन्द्र त कहिले तेस्रो ध्रुव बनाएर कांग्रेस र एमालेलाई देखाइदिने धम्की उनले दिन छाडेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उक्साहटमा माधवले आफूविरुद्ध किन खाडल खनिरहेका छन् भन्ने स्पष्ट छैन ।

    समाजवादी प्रेस संगठन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले कांग्रेस र एमालेलाई टक्कर दिन गठबन्धनमा आवद्ध साना दलहरूको छुट्टै गठबन्धन बनाएर तेस्रो ध्रुव निर्माण गरिने बताए ।

    तेस्रो ध्रुवमा सत्तारुढ गठबन्धनमारहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरू हुने उनले स्पष्ट पारे।

    तर तेस्रो ध्रुवको नाम समाजवादी केन्द्र नै भनेर नभनिएको उनले स्पष्ट पारे। नेपालले गठबन्धन दलहरूबीच मिलेर जाने सहमति भइसकेको बताए। तर कसले कति सिट पाउने भन्ने निर्णय भने नभएको स्पष्ट पारे।

    सिट बाँडफाँटको बारेमा छलफल भइरहेको र चाँडै टुंगिने बताएका उनले कांग्रेसले अन्य पार्टीहरूलाई सम्मान गर्नुपर्ने उल्लेख गरे । उनले कांग्रेसले सम्मान गरेन भने तेस्रो ध्रुव बनाएर चुनाव लड्ने चेतावनी दिए।

    त्यसैले आफूले कार्यकर्तालाई पहिलेजस्तो गठबन्धनको आशा गरेर नबसी एक्लै चुनावड लड्नेगरी तयारी गर्न निर्देशन दिइसकेको उनले बताए। उनले भने, ‘स्थानीय चुनावमा भएको धोकाले हाम्रो पार्टी झस्किएको छ।

    मिलेर जाने भनियो, त्यही भएर हामीले अधिकांश ठाउँमा उम्मेदवारी दिएनौं तर पछि कांग्रेसले सहमतिविपरीत उम्मेदवार उठाउँदा हामीले सोंचेजस्तो परिणाम आएन।’ तर यसपटक त्यस्तो नहुने उनले बताए। ‘पहिलेजस्तो बेहाल नहोस् भन्नेमा हामी सचेत छौं। पर्‍यो भने एक्लै चुनाव लड्ने हो। अध्यक्ष नेपालले कांग्रेससँग गठबन्धन नभए पनि एमालेसँग गठबन्धन वा एकता नहुने बताए।

    ‘गठबन्धन र एकताका लागि एमालेले नै ढोका बन्द गरेको हो,’ उनले अगाडि भने, ‘हामी माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सबैराष्ट्रघाती, देशद्रोही। अनि महान देशभक्तसँग एकतार गठबन्धन हुन्छ वा हुँदैन ? एकता वा गठबन्धनको ढोका हामीले होइन, एमालेले नै बन्द गरेको हो।’

    कार्यकर्तालाई राम्रोसँग परिचालन गर्नेर मतदाताहरूलाई प्रशिक्षित गराउने हो भने आफ्नो पार्टीले सम्मानजनक सिट जित्ने उनको भनाइ छ।

    उनले आगामी चुनावबाट केपी ओली र एमाले समाप्त हुने ठोकुवा गरे। नेपालले आगामी चुनावमा आफू प्रत्यक्ष चुनाव लड्ने बताए। तर काठमाडौं हुन्छ कि रौतहट भन्नेबारेमा निर्णयमा नपुगेको उनले स्पष्ट पारे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८११:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend