शनिवार, श्रावण २८ २०७९Aug 13 2022

Logo
images
images
images
images

एमालेका मेयरले गरे बेलबारीका जनताको अपमान, जनप्रतिनिधिलाई साडी र झोला किनिदिएपछि उथलपुथल

एमालेका मेयरले गरे बेलबारीका जनताको अपमान, जनप्रतिनिधिलाई साडी र झोला किनिदिएपछि उथलपुथल

  • मिडिया डबली
  • सोमवार, आषाढ १३ २०७९

  • 3.6K
    SHARES

  • एमालेका मेयरले गरे बेलबारीका जनताको अपमान, जनप्रतिनिधिलाई साडी र झोला किनिदिएपछि उथलपुथल

    विराटनगर । नवनिर्वाचित महिला जनप्रतिनिधिलाई मोरङको बेलबारी नगरपालिकाले १ लाख ७४ हजारको साडी वितरण गरेको छ । जनताको सेवामा लाग्ने प्रतिवद्धताका साथ निर्वाचन जितेका जनप्रतिनिधिले आफैंलाई साडी वितरण गर्न थालेपछि कतिपयले त्यसको आलोचना गरेका छन् । 

    बेलबारी नगरसभामा पोशाकका रूपमा महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको हो । गत असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर महिला जनप्रतिनिधिहरूलाई साडी दिएको बताइएको छ । ६ हजार मूल्य बराबरको साडी महिलाहरूलाई दिएको नगरपालिका स्रोतले बताएको छ । नगरपालिकाको लेखा शाखाले उनीहरुकै बैंक खातामा उक्त रकम पठाउने तयारी गरेको छ । 

    images
    images
    images

    उपमेयरसहित २४ जना जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् भने ५ जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ‘२९ जनालाई ६ हजारका दरले साडी वितरण गर्दा १ लाख ७४ हजार नगरपालिकालाई भार परेको छ’, एक कर्मचारीले भने ।  

    यस्तै पुरुष जनप्रतिनिधिलाई भने नगर सभामा कागजपत्रहरू हाल्न भन्दै ३५ सय रुपैयाँ पर्ने झोला वितरण गरिएको छ । नगरपालिकाका जिन्सी शाखाका प्रमुख चतुर भुज माझीका अनुसार उनीहरूलाई झोला वितरण गरिएको हो । मेयरसहित ३३ जना निर्वाचित जनप्रतिनिधि हुन भने तीन जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ३७  जनालाई झोला वितरण गर्दा १ लाख २९ हजार पाँच सय रुपैयाँ राज्यलाई भार परेको छ ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १३ २०७९०९:४१:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend