काठमाडौं । अबको ४ दिनभित्र ७५३ वटै स्थानीय तहका उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाइसक्नुपर्ने भएको छ । निर्वाचन मत परिणाम घोषणा भएको एक महिना भित्र निर्वाचित खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न निर्वाचन आयोगले मातहतका कार्यालयलाई निर्देशन दिएको हो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाइसक्नुपर्छ ।
स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । सबैभन्दा ढिलो काठमाडौं महानगरपालिकाको मत परिणाम जेठ १२ गते आएको थियो । काठमाडौं महानगरपालिकाको निर्वाचनको परिणाम घोषणा भएको ३० दिनले हिसाब गर्दा असार १२ भित्र महानगरपालिकाका उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने हुन्छ ।
अन्य स्थानीय तहका उम्मेदवारले भने त्यो भन्दा पनि अघि नै निर्वाचनको खर्च विवरण पेस गरिसक्नुपर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।