काठमाडाैँ - काठमाडाैँ शन्तिनगर बानेश्वर बस्ने राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपाल-चीन दुइ देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बी.आर.आई )समझौता परियाेजनाकाे सम्पूर्ण विवरण माग गरेका छन् ।
उनले सूचनाको हक सम्बन्धी ऐन २०६४अनुसार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरी बी.आर.आई परियाेजनाकाे सम्पूर्ण विवरण माग गरेका हुन् ।
उनले मेरो अध्ययन प्रयोजनको लागि आवश्यक रहेकाे भन्दै बी.आर.आई परियाेजनाकाे सम्पूर्ण विवरणकाे प्रमाणित प्रति उपलब्ध गराइ दिन हुन अनुरोध गर्दै निवेदन गर्दा गराएका हुन् ।
उनले दर्ता गरेकाे निवेदनमा बी.आर.आई समझौताको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेका हुन् । त्यस्तै उनले बी.आर.आई.समझौता अन्तर्गत नेपालमा सञ्चालनमा रहेको परियोजनाहरुको नाम र ठेगानासमेत उपलब्ध गराउन माग गरेका हुन् ।
बी.आर.आई. अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुको लागत र लागतको श्रोतकाे विवरणसमेत उनले माग गरेका छन्। बी.आर.आई. अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुमा भएको खर्चमा अनुदान रकम कति र ऋण कति रहेको छ। यदि ऋण रहेको छ भने त्यस रकम को ब्याज इत्यादि विवरण पनि उनल्रे माग गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।