काठमाडौं - उदयपुरको कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूले पाउने सेवासुविधाको रकमबाट विपन्न परिवारका सन्तानको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने बताएका छन् । सोमबार नगर प्रमुखको पदभार ग्रहण गर्ने क्रममा उनले सो घोषणा गरेका हुन् ।
श्रेष्ठले त्यसका लागि कोष स्थापना गर्ने बताए । आफूले पाउने सेवासुविधालाई जनताको भविष्यसँग जोड्न चाहेको उनको भनाइ छ । मेयर श्रेष्ठले जनताका काममा आफू सधैं सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए ।
नगर प्रमुखको रूपमा उनको पहिलो निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्ययी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेको छ ।
अघिले निर्वाचनमा एमालेले जितेको कटारी नगरपालिकामा यसपटक कांग्रेसका श्रेष्ठले सानदार मत ल्याएर चुनाव जितेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।