काठमाडौं - मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भीरमा तारा एयरको यात्रुवाहक जहाज दुर्घटनामा परी ज्यान गुमाउनेप्रति नेपाली कांग्रेसले दुःख प्रकट गरेको छ ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा १९ यात्रु र तीन चालक दलका गरी २२ जनाको मृत्यु भएको छ ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार विज्ञप्ति जारी गरी दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
कांग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।