काठमाडौं - कटारी नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४सय ६५ मतान्तरले पराजित गरेका हुन् ।
कटारीमा २५ हजार ७ सय ५४ मत खसेकोमा श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्याए भने बरालले ५ हजार ९ सय ५२ मात्र मत ल्याउन सफल भए । उपमेयरमा भने एमालेकी गीत खड्का निर्वाचित भएकी छन् ।
खड्काले गठबन्धनबाट उठेका माओवादी केन्द्रका विनोद कटुवाललाई २ हजार ५ सय ९२ मत अन्तरले हराइन् । खड्काले ६ हजार ४ सय १३ मत प्राप्त गरिन् भने कटुवालले ३ हजार ८ सय २१ मात्र मत प्राप्त गरे ।
यता २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचीत निर्वतमान मेयर ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७ सय १५।मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
१४ वडा रहेको कटारी नगरपालिकामा ४ र ८ वडामा स्वतन्त्र उम्मेदवार क्रमशः भुपेन्द्रसिंह तामाङ र नवीन्द्रकुमार तामाङ निर्वाचित भएका छन् ।
वडा नं. ९ का अध्यक्षमा नेकपा (एकृकित समावादी)का वेगबहादुर आलेमगर विजयी भएका हुन् । त्यसैगरी १, ५,६, १०,११‚ १३ र १४ वडाध्यक्ष्मा एमालेका क्रमशः पदमलाल मगर, मोहनबहादुर तामाङ, प्रेमबहादुर मगर, क्षेत्रबहादुर खडका, अनन्त हायू, शम्भु श्रेष्ठ र अम्वबहादुर मगर निर्वाचित भएको निर्वाचन अधिकृत राजकुमार राउतले बताए ।
यता वडा नं. २, ३ र ७ का अध्यक्षमा क्रमशः कांग्रेसका प्रेमबहादुर क्षेत्री, पुष्कर खडका र सुवीन ढुगाना निर्वाचित भएको निर्वाचन अधिकृत राउतले बताए ।
वडा नम्बर ७ का अध्यक्षमा निर्वाचित भएका सुविन ढुंगनाले गाउँ विकास र गरिबी अन्त्य नै आफ्नो प्रमुख प्राथमिकता भएको बताए।
‘मेरो उम्मेदवारी गाउँको विकासका लागि हो। म गरिबीको अन्त्य चाहान्छु। त्यसका लागि मसँग योजना र कार्यक्रम छन्। त्यो कार्यान्वयन गर्नेछु,’ ढुंगानाले भने, ‘जनप्रतिनिधी जनताप्रति उत्तरदायी हुनुपर्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।