काठमाडौं - काभ्रेको बनेपा नगरपालिकाका नवनिर्वाचित उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन्।
वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको शपथ कार्यक्रम आज आइतबार राखिएको थियो।
मेयर शान्तिरत्न शाक्यले मुख्य निर्वाचन अधिकृतद्वारा शपथग्रहण लिएपछि मेयरद्वारा उपमेयरलगायत वडाध्यक्ष र वडासदस्यहरूलाई शपथग्रहण गराउने कार्यक्रम थियो।
उक्त कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित भएका हुन्। नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरूको आधारमा एमाले पहिलो पार्टी भएको, तर कार्यक्रम तय गर्दा आफूहरूलाई बेवास्ता गरेकाले आफूहरू उपस्थित नभएको नवनिर्वाचित उपमेयर विमला सापकोटा दाहालले बताइन्।
बनेपा नगरपालिकामा उपमेयर तथा १४ मध्ये सात वडाध्यक्ष र ३० वडासदस्य एमालेले जितेको छ। नगरमा मेयर, उपमेयरसहित ७२ जनप्रतिनिधिमा एमालेबाट ३८ जना निर्वाचित भएका छन्।
मेयरसहित गठबन्धनबाट ३४ जनप्रतिनिधि निर्वाचित भएका छन्। नवनिर्वाचित मेयर शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनप्रसाद भट्टराईद्वारा शपथग्रहण गरेका छन्।
बनेपामा आयोजित कार्यक्रममा आफूले शपथ लिएपछि शाक्यले उपस्थित वडाध्यक्ष र वडासदस्यहरूलाई शपथग्रहण गराएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।