काठमाडौं - नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका विष्णुगोपाल महर्जन जितेको भोलिपल्टै काममा खटिएका छन्।
हेटौंडा उपमहानगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका हुन्।
उनले हेटौंडा–२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् । वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेको महर्जन बताउँछन् ।
हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाशप्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।