काठमाडौं । वीरगञ्ज महानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार चुनाव जित्ने देखिएको छ। फ्याक्ट नेपाल नामक संस्थाले गरेको सर्वेक्षणले वीरगञ्ज महानगरमा सत्ता गठबन्धनले चुनाव जित्ने निश्चित झैं देखिएको छ।
सर्वेक्षण अनुसार गठबन्धनले मेयर पद जित्ने सम्भावना ७४.९ प्रतिशत देखिएको छ। यस्तै उपमेयरमा पनि गठबन्धनले चुनाव जित्ने सम्भावना ७२.७ प्रतिशत छ।
वीगरञ्जको मेयरमा गठबन्धनबाट जसपाका राजेशमान सिंह उम्मेदवार छन्। निवर्तमान मेयर विजयकुमार सरावगी नेकपा एमालेका तर्फबाट उम्मेदवार छन्। उपमेयरमा गठबन्धनबाट इम्तियाज आलम उम्मेदवार छन्।
हेर्नुहोस् सर्वेक्षण
वीरगंज महानगरपालिका #Nepal_Loval_Election_2079 #FACTSNepal pic.twitter.com/fYPsxjUDTs
— FACTS Nepal (@FACTSNepal) May 13, 2022
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।