काठमाडौं । सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकामा गठबन्धनका उम्मेदवार मेयर पदमा विजयी हुने प्रक्षेपण गरिएको छ। फ्याक्ट नेपालले गरेको प्रक्षेपण अनुसार उनले जित्ने सम्भावना ७० प्रतिशत छ।
एमालेका उम्मेदवार विजयी हुने सम्भावना करिब १३ प्रतिशत छ। यसअघि त्यहाँ जसपाबाट मेयर चुनिएका थिए। मेयरसँग ६६ प्रतिशत प्रतिक्रियादाता खुशी रहेको सर्वेक्षण छ।
अध्ययनमा अधिकांश प्रतिक्रियादाताले व्यक्तित्वका कारण गठबन्धन छानेको बताएका छन्। प्रतिक्रिया दिनेमध्ये करिब ६९ प्रतिशतले दलका घोषणापत्र पढेका थिए। यसपालिको निर्वाचनमा २८ हजार ९९२ जना मतदाता थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।