उदयपुर- उदयपुरको कटारी नगरपालिका–७ को वडाध्यक्षमा उठेका सुविन ढुंगनाले आफ्नो एउटै मात्रै सपना गाउँको विकास भएको बताएका छन्।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका ढुंगनाले गाउँ विकास र गरिबी अन्त्य नै आफ्नो प्रमुख प्राथमिकता भएको बताए।
‘मेरो उम्मेदवारी गाउँको विकासका लागि हो। म गरिबीको अन्त्य चाहान्छु। त्यसका लागि मसँग योजना र कार्यक्रम छन्,’ ढुंगानाले भने, ‘जनप्रतिनिधी जनताप्रति उत्तरदायी हुनुपर्छ।
म सँधै जनताप्रति वफदार रहेर जनताकै सेवामा तल्लिन हुन चाहान्छु।’ उनले आफ्नो जित सुनिश्चित रहेको बताए। आफूले जितेपछि जनताले गुनासो नगर्नेगरी काम गर्ने उनको दाबी छ।
‘जातलाई देखाएर गरिने सम्पूर्ण विभेदको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने मेरो उद्देश्य छ,’ उनले थपे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।