शुक्रवार, जेठ १३ २०७९May 27 2022

Logo
images
images
images
images

सेनाको ब्यारेकभित्रै कोपिलाले किन आफैंलाई हालिन् गोली ?

सेनाको ब्यारेकभित्रै कोपिलाले किन आफैंलाई हालिन् गोली ?

  • मिडिया डबली
  • बिहिवार, बैशाख ८ २०७९

  • 1.6K
    SHARES

  • सेनाको ब्यारेकभित्रै कोपिलाले किन आफैंलाई हालिन् गोली ?

    कपिलवस्तु - कपिलवस्तुको गोरुसिंगस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागी घाइते भएकी सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ।

    २४ वर्षीया राजवंशीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक जेसी शाहले जानकारी दिएका छन् ।

    images
    images
    images
    images

    राजवंशी बुधवार साँझ ७ बजे पेटमा गोली लागेको अवस्थामा फेला परेकी थिइन्। गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको थियो।

    राजवंशीले ड्युटीमा रहेको बेला आफैले बोकेको एम १६ राइफलले गोली हानेको प्रहरीले जनाएको छ। तर, उनले आफैंलाई किन गोली हालिन् त भन्ने विषयमा नेपाली सेनाले सूक्ष्म रूपमा अनुसन्धान सुरु गरेको छ ।

    नेपाली सुरक्षाकर्मीहरूले बेलाबखत आफैंले गोली हानेर आत्महत्या गर्ने गर्दै आएका छन् । यस विषयमा गहन अनुसन्धान हुनुपर्ने सुरक्षा विज्ञहरूको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ८ २०७९१०:१२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend