आइतवार, आश्विन ३१ २०७८Oct 17 2021

Logo
images
images
images

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

  • मिडिया डबली
  • बिहिवार, आश्विन ७ २०७८

  • 1.1K
    SHARES

  • बजेट पारित गरेपछि संसद् के हुन्छ ?

    काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ ।

    वडादशैं नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिएको छ । 

    images

    सरकारले यस विषयमा कुनै जानकारी नदिए पनि संसद्मा प्रतिपक्षले नाराबाजी गरिरहेका कारण बजेट पारित भएपछि अधिवेशन अन्त्य हुने सम्भावना बढेको छ ।

    संसद्मा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएकाले संसद्मा होहल्लाबीच बजेट पारित गर्ने तयारी छ । एमालेले प्रतिनिधि सभामा नाराबाजी गर्ने र राष्ट्रिय सभामा उठेर विरोध गर्ने रणनीति लिएको छ । जसअनुरुप बिहीवार समेत एमालेले सोही क्रियाकलाप अपनाउने एमालेका एक नेताले बताए ।  

    प्रतिनिधि सभाले बिहीवार आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने भएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा यसअघि ४ गते प्रतिनिधि सभाले पारित गरेर पठाएको विनियोजन विधेयमाथि छलफल गर्ने, छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने, विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।  

    दुबै सदनले बजेट पारित गरेसँगै अधिवेशन अन्त्य गर्नेबाहेक अर्को विकल्प भनेको अवरुद्धकै बीचमा संसद् चलाउनु हो । बजेट जस्तो संवेदनशील विषयमा अवरुद्धबीच चलाइए पनि अन्य विषय पनि अवरुद्धबीच नै चलाउने हो भने संसदीय मर्यादा निकै खस्कने अवस्थामा पुग्ने विश्लेषण गरिएको छ । 

    एमालेका १४ जना सांसदलाई पार्टीबाट निष्कासन गरेको सूचना सभामुखले जारी नगरेको विषयमा संसद् अवरुद्ध गरेको एमालेले त्यो विषय अदालतमा समेत पुगेकाले अदालतले फैसला नगर्दासम्म संसद् अवरुद्ध गर्ने रणनीति लिएको छ । जसबाट सर्वोच्चको फैसला नआउञ्जेलसम्म संसद् बैठक नबोलाउने नीति पनि लिन सकिने एक नेताले बताए ।

    संसद्को अधिवेशन अन्त्य वा बैठक लामोसमयसम्म स्थगित दुबैलाई सम्भावनाको रुपमा हेरिएको छ ।

    संसदीय मामिलाका जानकारहरु काम नभएपछि अधिवेशन अन्त्य गरेर नै सरकार अघि बढ्ने गरेको बताउँछन् । बीचमा अध्यादेश ल्याउनुपर्‍यो भने पनि सहज हुने हुँदा अन्त्य गर्ने बाटो नै सरकारले रोज्ने गरेको उनीहरुको भनाइ रहेको छ । 

    सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानको व्यवस्था रहेको छ । अर्को अवस्था के हो भने संसद्लाई प्रभावकारी बनाउन संसद्मा सत्तापक्ष, प्रतिपक्षले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र संकल्प प्रस्तावहरु दर्ता गर्ने र त्यसलाई छलफलमा लैजाने हो तर यो अधिवेशनमा प्रतिपक्षले कुनै पनि जरुरी महत्त्वका प्रस्ताव दर्ता नगरेका कारण पनि संसद् अधिवेशन लामो नजाने संकेत देखिन्छ ।

    संसद्मा प्रतिपक्षले सहयोग नगरेको खण्डमा सरकारले रोज्ने बाटो भनेको अधिवेशनलाई अन्त्य गर्ने वा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नु नै हो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ७ २०७८०७:५६:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology