शुक्रवार, मंसिर १६ २०७९Dec 02 2022

Logo
images

अब कर तिर्ने बेला असारमा काठमाडौंमा निषेधाज्ञा कस्तो हुन्छ ? यस्तो बन्दैछ नयाँ मोडालिटी 

अब कर तिर्ने बेला असारमा काठमाडौंमा निषेधाज्ञा कस्तो हुन्छ ? यस्तो बन्दैछ नयाँ मोडालिटी 

  • मिडिया डबली
  • आइतवार, आषाढ ६ २०७८


  • अब कर तिर्ने बेला असारमा काठमाडौंमा निषेधाज्ञा कस्तो हुन्छ ? यस्तो बन्दैछ नयाँ मोडालिटी 

    काठमाडौं – बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ ।

    तर अघिल्लोपटक जस्तो यस पटक एकैपटक सबै क्षेत्र खुला भने हुने छैन ।

    images
    images
    images

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा छलफल भइरहेको तर मोडालिटीबारे टुंगो नलागेको बताएका छन् ।

    ‘निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउने भन्ने छ, सबै क्षेत्र एकै पटक खुल्दैन, पसल व्यवसायलाई समय निर्धारण गरेर खुलाउने विषयमा छलफल हुँदैछ, सवारीसाधनका विषयमा पनि छलफल चलिरहेकै छ तर मोडालिटीको टुंगो लागिसकेको छैन,’ काठमाडौंका सीडीओ पराजुलीले भने ।

    सो विषयमा छलफल गर्न सोमवार उपत्यकाका तीनै जिल्लाका सीडीओहरूको संयुक्त बैठक बस्ने पराजुलीले बताएका छन् ।

    राजधानीका तीनै जिल्लाका सीडीओहरूले सरोकारवाला निकायका प्रतिनिधिसँग निषेधाज्ञालाई सहज रूपमा पालना हुने गरी कार्यान्वयन गर्ने र खुकुलो बनाउने भन्ने विषयमा आन्तरिक रूपमा नै छलफल गर्दै आएका छन् ।

    किराना, खाद्यान्न, तरकारी तथा फलफूल पसल, हार्डवेडर पसल, कृषिजन्य बिउबिजन तथा मलखादका पसल, पुस्तक तथा स्टेसनरी पसल लगायत सञ्चालनका लागि फरक–फरक समय निर्धारण गरी सञ्चालन गर्ने गरी छलफल भइरहेको छ । आर्थिक गतिविधिलाई बिस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लग्ने गरी नयाँ मोडालीटी तय गरिने छ तर स्वास्थ्य मापदण्डको पालनामा कडाइ गरिने भएको छ ।

    यातायात तथा सवारीसाधन सञ्चालनका विषयमा यसअघि गरिएको जोरबिजोरको मोडालिटीमा भन्दा अन्तिम अंकलाई आधार मानेर सोही अंकसँग मिल्दो बारका आधारमा सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ । यसो गर्दा एकैपटक सडकमा भीडभाड कम हुने आकलन सरोकारवाला निकाय र स्थानीय प्रशासनको रहेको छ ।

    होटल तथा रेस्टुराँहरूलाई टेकअवे मोडालिटीमा नै सञ्चालन गर्न दिइने गरी रणनीति बनाइएको छ । अनलाइनबाट हुने होम डेलिभरीलाई समेत यथावत राख्ने गरी तयारी भइरहेको छ ।

    यसअघि कोभिड–१९ निर्देशक समिति बैठकले अब निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेर ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ । सो मोडालीटीमा संक्रमण धेरै देखिएका क्षेत्रलाई मात्र कडाइ गर्ने र परीक्षण दायरा ती क्षेत्रमा बढाउने भनेको छ ।

    कोभिड १९ भाइरसको दोस्रो लहरलाई ‘चेन ब्रेक’ गर्न भन्दै बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाएको थियो । पछिल्लो हप्ता चरणवद्ध रूपमा प्रशासनले निषेधका क्षेत्रहरूलाई घटाउँदै आएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०२:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend