– चन्दना घिमिरे
कति गर्छौ नेताजी ढाँटछलको राजनीति
पछारेउ देशलाई यो अलमलको राजनीति
रोकिदेऊ अब अति भो तिम्रा दलको राजनीति
जिम्मा देऊ देश युवालाई मिठो पलको राजनीति
बुढापाका नहटे देश धिक्कार छ राजनीति
रोगी अनपढले चलाको सिकार छ राजनीति
खाँचो छ देशलाई अब अति असलको राजनीति
युवा वर्गमै सुम्पिदेऊ अब बाँकी सफलको राजनीति
झरी रोडमा उर्लिदै कुर्लिदैमा बन्दैन राजनीति
पद पैसाको मोह छोड्छु कोही भन्दैन राजनीति
झुटो भाषण कालोधनले अब चल्दैन राजनिति
जनता लुटी आफ्नो पेटिभरि बल्दैन राजनीति
जनताको पसिना तिम्रो रजाई धिक्कार छ राजनीति
नेता धनी देश डुबानमा बिजोग सिकार छ राजनीति
बुझ्न गाह्रो दलाल फटाहा भ्रष्ट चोरको राजनीति
सुन्दर देशलाई बनाई छाड्यौ फोहोरको राजनीति
भर नपर सदा पावर पैसामा बिक्दैन राजनीति
मनपरी शासन यो अन्याय अब टिक्दैन राजनीति
महामारीमा तिम्रा लापरबाही जनता सहँदैन राजनीति
जनता मार्छौं आफू बाँच्छौ यस्तो पाराले रहँदैन राजनीति
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।