काठमाडौं - कम्युनिस्ट सरकार भ्रष्टाचारमा निर्लिप्त रहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथाममा आफ्नो सक्रियता बढाएको छ ।
प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरू खोपमै कसरी कमिसन खाने भन्नेमै व्यस्त भएपछि कांग्रेसले धमाधम आफ्नो जिल्ला पार्टी कार्यालय भवन आइसोलेसन केन्द्रमा परिणत गरेको छ ।
नुवाकोटबाट सुरु भएको यो अभियान पर्वत, सुनसरी हुँदै अन्य जिल्लामा विस्तार भइरहेको छ । त्यति मात्र होइन, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आफूले चढेको सरकारी सवारीसमेत एम्बुलेन्समा परिणत गरेका छन् ।
कांग्रेसको यो निर्णयलाई देशभरबाट प्रशंसा भइरहेको छ । कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले पार्टी कार्यालयलाई आइसोलेसन केन्द्र बनाउन इनरवा नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
इनरवाका नगर प्रमुख र उप्रप्रमुख जो कांग्रेसबाट निर्वाचित हुन्, उनीहरूले आफूले चढ्ने गाडी एम्बुलेन्समा परिणत गरेका छन् । देशभर कोरोना भाइरसका संक्रमित र मृत्युदर बढ्दै गएपछि कांग्रेसका युवा नेता गगन थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ मा घरघरमै होम आइसोलेसन सुविधा ल्याएका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरूलाई घरघरमै पुगेर निःशुल्क परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।
पूर्वस्वास्थ्यमन्त्री भएर लोकप्रियता कमाएका गगनको यो निर्णयले काठमाडौं ४ का मतदाताले आफूहरूलाई गर्व लागेको प्रतिक्रिया दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।