सचिन अधिकारीको तिमीबाट गीतबाट डेभ्यु (भिडियो सहित)

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र २१, २०७४

काठमाडौँ– टेकन दाहालको स्वरमा निकै नै कर्णप्रिय गीत यूट्यूब  मार्फत  सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ ।

‘तिमीबाट ’ बोलको यस  गीतमा शब्द तथा  संगीत  कमल खत्रीको  रहेको छ भने  गीतको म्यूजिक भिडियोमा भने यसै गीतबाट सचिन अधिकारिले देभ्यु गर्दै छन ।पहिलो भिडियोमा नै आफ्नो छुट्टै स्थान बनाउन सफल अधिकारिले छिट्टै नै फिल्म पनि खेल्दै छन । अहिले फिल्मको लागि स्क्रिप्ट पढिरहेको र केहि महिना पछि सुटिङ्गमा जाने कुरा मिडिया डबली संग बताउनु भयो ।

पछिल्लो समय निकै नै चर्चित नाईका स्वस्तिमा खड्का र सचिन अधिकारीले निकै नै मार्मिक यस गीतको भावलाई अतिनै राम्रो संग न्याय गरेका छन । यस गीतमा युवा अवस्थामा रहेका प्रेमी प्रेमिकाले भविष्यको ख्यालै  नगरी अन्जानमा गर्ने भूललाई देखाउन खोजिएको छ।

मनोज जोशीको प्रोडक्सनमा बनेको उक्त गीतको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने  भिडियो बिकास सुबेदीको निर्देशनमा बनेको छ।