विदुरले ल्याए परदेशी मनको गीत

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, चैत्र २०, २०७४

काठमाडौँ– दर्जनौ गीतहरुका माध्यमबाट संगीतप्रेमी मनहरु जित्न सफल गायक बिदुर घिमिरेको माया नमार हे कान्छी माया नमार बोलको गीत सोमबार सार्वजनिक गरेको छ । ज्ञानबहादुर खड्काको शब्द संगीत र उदयमान गायक बिदुर घिमिरेको स्वर रहेको यो गीतलाई जे.आर.सी. मिडियाले उत्पादन गरेको हो ।

उनले यस अगाडि रुन सजिलो कहाँ छ र, काठमाण्डौको धुलोले….., म मरेर तिमीलाई खुसी मिल्छ भने, नेपाल हाम्रो स्वर्ग झै राम्रो, मनको मलम, हल्का राम्री छेउलगायत धेरै गीतहरु सार्वजनिक गरिसकेका छन् ।

परदेशमा हुने नेपाली दाजुभाइलाई लक्षित गरि यो गीत बनाएको गायक घिमिरेले आम सरोकार डट कमलाई बताए । साथै यो गीतले सबै नेपालीको मन जित्ने कुरामा आफु विश्वस्त रहेको घिमिरेले भने ।