यस्तो थियो स्व कोइरालाको भारतलाई झापड, युवा कांग्रेसीले जानून “सबै मधेसी दलहरू बाम कम्युनिस्ट हुन ।”

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १७, २०७४

काठमाडौँ – २०४७ यता प्रधानमन्त्री बनीसकेर भारत भ्रमणमा नजाने स्वाभिमानी एक मात्र प्रधानमन्त्री स्व. सुशील कोईराला हुन ।
बरु उनलाई भेट्न मोदी स्वयं नेपाल आए ।

अहिलेका १७ K दाहाल र १७० K ओलीको भूईफ़ूट्टा गफ त सोझा जनता झुक्याउने मात्र हुन । प्रधानमन्त्री नबन्दै २-२ पटक फ़ोन सम्पर्क त भैसक्यो ।अब स्वयं दूत सुषमा स्वराज आऊँदैछिन । तिनी नआउन्जेल शेर ब को छायाले तर्साईसक्यो । तिनी नआइ पार्टी एकता घोषणा गर्न साइत जुरेन ।

प्रभुको चरणकमलमा फूल अक्षता नचढाए २ नम्बर प्रदेशमा सम्भावित अर्का ढोंगी मधेसी दलले उत्पात मचाउलान । आख़िर सम्पूर्ण मधेसी दल बाम कम्युनिस्ट हुन । फ़ोरम लोकतांत्रिक बाहेक, जो कांग्रेस संग एकीकृत भैंसकेको छ । बिगतमा कांग्रेसले मधेसीलाई समेट्न प्रयास गरेकोले मात्र मधेसी कांग्रेस नजिक जस्तो भ्रम जनतामा परेको हो ।

सत्य सबै युवा कांग्रेसीले जानून “ सबै मधेसी दलहरू बाम कम्युनिस्ट हुन ।”
नत्र सारा सोझा ओलीभक्तहरूले नाकाबंदिका नाईके भनेर मासु खाऊँला जस्तो गरेका राजेन्द्र महतोलाई कसले जितायो ? छर्लन्ग छ ।

आइए प्रभु जैसे आपने भारतमें कांग्रेस आइको पत्तासाफ़ कर्दिया , हमनेभी नेपालके कांग्रेसोका पत्तासाफ़ करनेको प्रयास किया लेकिन मुमकिन नहीं हुवा । जो बीपीका पार्टी हैना जिसने तुम्हारा भारतको भी स्वतन्त्र कर्दिया ।

स्मरण रहोस , बीपी कोईरालाले नेपाललाई राणाबाट मात्र स्वतन्त्र पारेनन, यसअघि ब्रिटिशबाट भारतलाई स्वतन्त्र पार्न ठुलो भूमिका खेलेका थिए । ब्रिटिश भारतीय सरकारले बीपी कोईरालालाई कैयन वर्ष भारतीय जेलमा क़ैद गरेको थियो ।