सरकारद्वारा काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक आफैंले बनाउने औपचारिक घोषणा

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, पुस ७, २०७३

pashupati

सरकारले काठमाडौं तराई जोड्ने फास्ट्र्याक स्वादेशी लगानीमै निर्माण गर्ने औपचारिक घोषणा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले फास्ट्र्याक आफैंले बनाउने औपचारिक निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री सुरेन्द्र कार्कीले काठमाडौं तराई जोड्ने फास्ट्र्याक आफैंले बनाउने औपचारिक निर्णय भएको जानकारी दिँदै त्यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा सात सादस्यीय समिति गठन गरिएको बताए ।

समितिलाई फास्ट्र्याक निर्माणका लागि स्रोतको व्यवस्थापन कसरी गर्ने, यसअघि भारतीय कम्पनीले तयार गरेको डिपीआरलाई उपयोग गरेर अघि बढ्न सकिन्छ कि सकिँदैन भन्नेलगायतका विषयमा अध्ययन गरेर एकमहिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

केहि पहिलेमात्रै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आफूले नै सो को निर्माण गर्ने भन्दै भारतीय कम्पनीसँगको सम्झौता तोडेको थियो ।

फाष्ट ट्रयाक निर्माणका लागि तात्कालिन सुशील कोइराला नेतृत्वको सरकारको पालामा भौतिक पूर्वाधार मन्त्रालयले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लेजिङ एन्ड फाइनान्सिएल सर्भिस लिमिटेड आईएल एण्ड एफसलाई निर्माण जिम्मा दिने गरी डीपीआर प्रतिवेदन तयार पार्न लगाएको थियो । उक्त तयारीप्रति चौतर्फी आलोचना भएपछि आयोजना अघि बढाउने कार्य प्रभावित हुँदै आएको थियो ।