अक्षयको नयाँ फिल्म ‘जोली एलएलबी २’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, पुस ५, २०७३

pashupati

अक्षय कुमार स्टारर अपकमिङ फिल्म ‘जोली एलएलबी २’ को ट्रेलर रिलिज भएको छ। ट्रेलर रिलिज भएको एकै दिनमा ६० लाख भन्दा बढी पटक युट्युवमा भिडियो हेरिएको छ। ‘कहिले हुन्छ सलमानको विवाह?’ ट्रेलरमा यस्तो प्रश्न वकिल बनेका अक्षयले अदालतमा सोध्छन्।

फिल्म सन् २०१३ मा आएको अरशद वार्सीको ‘जोली एलएलबी’ को सिक्वेल हो। फिल्ममा अक्षय सहित अनु कपूर, सौरव शुक्ला र हुमा कुरैशी फिल्ममा प्रमुख भुमिकामा देखिनेछन्। सुभाष कपूरको निर्देशनमा बनेको यो फिल्म २०१७ को १० फेब्रुअरीमा रिलिज हुनेछ।