मोडल पवित्रा भन्छिन सबैले माया गर्दिनु भएको छ खुशी छु

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १३, २०७३

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् ।

तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले ।

तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन्, पवित्रा थापा

छोटो समयमा धेरैको धेरै थरी कुरा सुनिसकेकी बताउने पवित्रा भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा छिन् ।उनै मोडल पवित्रा थापा सँगको कुराकानी :

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
अहिले अरु गीतहरुको म्युजिक भिडियोमा व्यस्त छु ।

कति भयो यसक्षेत्रमा प्रवेश गरेको ?
यस क्षेत्रमा प्रवेश गरेको २ बर्ष भयो ।

कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
महिले २५ ओटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको छु ।

के चढ्नु हुन्छ ? गाडी, स्कुटी वा सार्वजानिक गाडी नै !
म स्कुटीमा हिड्छु ।

तपाईको साथमा कति रुपैयाँ जति पैसा पर्समा कहिले छुट्दैन् ?
एक दुइ हजार जति ।

तपाईंको सुन्दरताको चर्चा किन धेरै भएको होला ?
सबैलाई माया लागेर होलाजस्तो लाग्छ ।

सुन्दरताको चर्चा सुन्दा कस्तो लाग्छ ?
खुशी लाग्छ । आफ्नो पेशामा अझै अगाडि बढ्ने हौसला मिलेको जस्तो लाग्छ ।

तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा तपाईको कुन हुन्छ ?
सट- पाइन्ट & वान पिस ।

उमेर धेरै भएको छैन । तर, नाम धेरै कमाएँ जस्तो लाग्दैन ?
लाग्दैन । नेपाली समाजमा त्यस्तो लागेको मात्र हो । विदेशतिर त यो उमेरमा अझ धेरै नाम र दाम कमाइसकेका हुन्छन् ।

तपाईंले पनि नामसँगै दाम पनि कमाउनु भएको होला नि ?
अलि-अलि कमाएको छु जे होस् खुशी छु ।

तपाईलाई आफनै अंग सबैभन्दा सेक्सी लाग्ने ?
सबैले भन्नु हुन्छ मेरो आखा राम्रो छ भनेर मलाई पनि मेरो आखानै राम्रो लाग्छ ।

एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?
अभिनय राम्रो गरे हुन्थो भन्नि सोच्छन् तर कसैले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् ।

तपाईलाई कसैले म म्युजिक भिडियो वा फिल्म खेलाइदिन्छु म सगँ सेक्स गर्नुपर्छ भनेर प्रस्ताब राखे की राखेनन् ?

म अभिनय सेक्समा साट्ने केटी होइन् ।

सेक्सको अनुभब छ तपाईलाई ?
हाहा मा एक अभिबाहित महिला हु कसरि अनुभब लिन सक्छु र यसकारण म संग सेक्सको अनुभब छैन।

तपाईलाई कसैले म यति सम्म पैसा दिन्छु मसगँ सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने तपाई के गर्नु हुन्छ ?
म हुदैन भन्छु । म पैसाका लागी सेक्स गर्दिन । सेक्स त मन मिल्ने मान्छेसँग मात्र गर्छन् ।

व्याईफ्रेण्ड छ कि छैन ?
अहिले सम्म छैन ।

प्रेम प्रस्ताव कतिको आउँछन् ?
अलि- अलि मात्र आउछ प्रेम प्रस्तावहरु ।

अन्ततः तपाईलाई १० बर्षपछि कहाँ देख्न पाइने छ ?
एउटा राम्रो कलाकार भएको ।

केही भन्न चाहनु हुन्छ आमदर्शक तथा पाठकलाई ?
म मेहनत गर्छु, मैले गरेको हरेक कामहरुलाई सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु ।

मिडिया डबली लाइ समय दिनु भयकोमा हजुरलाई धन्यबाद ।
तपाईले पनि मलाई समय दिनु भयकोमा हजुर लगाएत मिडिया डबली सम्पूर्ण टिमलाइ धन्यबाद दिन चाहन्छु ।