रोबोटहरुको बेश्यालय

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, बैशाख १८, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- संसारका केही देशहरुमा सेक्स रोबोटहरुको बेश्यालय खुल्नेक्रम बढ्दो छ । लुमी डल्स नामक यौन खेलौना उत्पादन गर्ने कम्पनीले जापानको नागोया शहरमा यस्तै खानको बेश्यालय खोलेको छ । त्यहाँ ग्राहकले एकसाथ चारवटा सेक्स डलसँग समय विताउन पाउने सुबिधा उपलब्ध गराएको छ ।

लुमी डल्सका सञ्चालक सेर्गी प्रिटोका अनुसार नागोयास्थित लुमी डल्सको बिक्री कक्षामा ग्राहकले सेक्स डलसँग यौनको आनन्द लिन पाउनेछन् ।यसअघि रुस, स्पेन, इटाली लगाएत देशमा लुमी डल्सले रोबोट बेश्यालय सञ्चालन गरेको थियो ।

रोबोटसँग यौन आनन्द लिन राम्रै रकम खर्च गर्नुपर्छ । तीन घण्टाका लागि करिब ३६ हजार र एक घण्टाका लागि लगभग १३ हजार रुपैया खर्च गर्नुपर्छ । ग्राहकका लागि पुरुष यौन खेलौना पनि लुमी डल्सले ब्यवस्था गरेको छ ।

हामीलाई केही ग्राहकले एकै पटक महिला र पुरुष यौन खेलौनासँग समय विताउन मन लागेको बताएका छन्, सञ्चालक प्रिटोले बताएका छन्, ‘हामी त्यही अनुसार व्यवस्था मिलाई दिन्छौं । सम्भवतः द्विलिङ्गी ब्यक्तिहरु एकसाथ महिला र पुरुष सेक्स डलसँग आनन्द लिन चाहन्छ न् ।

रोबोट बेश्यालयप्रति ग्राहकले राम्रो अभिरुचि प्रकट गरेको उनले बताए । यो जानकारी आजको सम्पूर्ण साप्ताहिकबाट ।