‘टिक टक’ बन्द गर्न सरकारका नाममा आदेश जारी

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र २१, २०७५

काठमाडौँ- स्मार्टफोन प्रयोगकर्तामाझ निकै लोकप्रिय र ‘कुलत’को कारण बनिरहेको मोबाइल एप्लीकेशन ‘टिक टक’माथि अदालते प्रतिबन्ध लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

यो खबर भारतको हो । भारतको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको छ ।

मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।

अदालतले टिक टकजस्ता मोबाइल एपमा पोर्न सामग्री उपलब्ध भएको उल्लेख गर्दै यस्ता सामग्रीबाट बालबालिकाहरुमा नराम्रो असर परिरहेको पनि उल्लेख गरेको छ ।

चाइना मेड यो एपका भारतमा मात्रै ११ करोड ४४ लाख प्रयोगकर्ता रहेको इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा लेखेको छ । एजेन्सी