के फेसबुक र ट्विटर बन्द गरिन लागेको हो ? सरकारले निकाल्यो बिज्ञप्ति

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, फाल्गुन १९, २०७५

http://www.nepatop.com.np/

काठमाण्डौ – सरकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द हुने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ ।

केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

झुटा सूचना फैलाउनेहरुलाई कारबाहीको प्रक्रिया सुरु भैसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले झुटा समाचारमा लाइक र शेयर नगर्न पनि सबैमा अनुरोध गरेको छ ।