फेसबुक तथा अन्य सामाजिक संजालका एकाउन्टहरु पर्मानेन्टली कसरि डिलिट गर्ने ? तल हेरौँ केहि टिप्सहरु

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र २२, २०७४

काठमाडौँ– यदि तपाईंले ईन्टरनेटमा धेरै अनलाइन वा सामाजिक संजालका साईटहरुमा एकाउन्ट बनाउनु भएको छ र कारणबस तपाईंले त्यसको प्रयोग गर्न छाडिसक्नु भएको छ र त्यो प्रयोग नभएको एकाउन्ट डिलिट गर्न चाहनु हुन्छ भने तल केही टिप्सहरु दिइएको छ ।

याहु (Yahoo):

याहू एकाउन्ट डिलिट गर्ने दुइटा तरिकाहरु छन् । पहिलो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट स्वत: डीएक्टिभेट हुनेछ,त्यसैले डिलिट गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् ।

दोश्रो तरिका डिलिट गर्न चाहनु भएको एकाउन्ट लग अन (logon ) गर्नुहोस् र एकाउन्ट टर्मिनेसन पेज(“Account Termination” page) मा गएर आफ्नो एकाउन्ट डिएक्टिभ होस् । यदि तपाईं पहिले नै लग अन (logon) हुनुहुन्छ भने तपाईंले “Account Termination” page खोल्न भेरीफिकेसन पर्पोज (verification purposes )को लागि फेरी पासवर्ड रि इन्टर (password re-enter) गर्नु पर्ने हुन्छ ।

हटमेल (Hotmail):

हटमेल पेज को Help मा क्लिक गर्नुहोस् । (प्राय :हेल्प ट्याब दाँयातिरको माथि कर्नर मा हुन्छ ) हेल्प स्क्रिनको कि वर्ड सर्च सेक्सन(keyword search section )मा क्लोज एकाउन्ट (Close Account) टाईप गर्नुहोस् । त्यसपछि “Close Account” link मा क्लिक गर्नुहोस् । उक्त लिंकमा क्लिक गरेपछि निलो कलर मा highlight भएको “Go to the close Account link” देखा पर्छ त्यसलाई क्लिक गर्नुहोस् । त्यहाँ लेखिएका इन्स्ट्रक्सन (instructions) हरु पढ्नुहोस् ,त्यहाँ लेखिएका टर्म्स (Terms) राम्ररी पढ्नुहोस त्यसपछि क्लोज एकाउन्ट (close Account) मा क्लिक गर्नुहोस् ।

फेसबुक (facebook):

फेसबुकले एकाउन्ट डिएक्टिभेट गर्नका लागि दुइवटा अप्सन दिएको छ । पहिलो अप्सन अकाउन्ट डीएक्टिभ गर्ने र अर्को अप्सन पर्मानेन्ट डिलिट गर्ने । यदि तपाईंले अकाउन्ट डिएक्टिभेट गर्नु भयो भने तपाईंको फेसबुक अकाउन्ट,प्रोफाइल,इन्फर्मेसन तथा तपाईंले सेभ गर्नु भएको साथीहरु , फोटोहरु आदी त्यही रही रहन्छन

र पछी तपाईंले फेरी अकाउन्ट एक्टिभ गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई पर्मानेन्टली डिलिट गरियो भने फेसबुक अकाउन्ट पूर्ण रुपले सिस्टम बाटै हट्छ ।

अकाउन्ट डिएक्टिभेट गर्ने तरिका :

१ Facebook logon गरी सके पछि दाँया तिर Top मा “Account Settings” मा क्लिक् गर्नुहोस् ।
२ त्यसपछि “Deactivate Account” लिंकलाई क्लिक गर्नुहोस् ।

अकाउन्ट पूर्ण रुपले डिलिट गर्ने तरिका :

१ Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।
२ त्यहाँ “delete account” सर्च गर्नुहोस् ।
३ “I want to permanently delete my account” लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका टर्म एण्ड कन्डिसन राम्ररी पढ्नुहोस्
४ अन्तिम प्याराग्राफको लिन्कलाई क्लिक गर्नुहोस् र त्यहाँ के लेखेको छ पढ्नुहोस् ठीक छ भने “Submit” बटनमा क्लिक गर्नुहोस् ।

माइ स्पेस (MySpace):

माइस्पेस अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिरहनु पर्दैन् । अकाउन्ट लग अन गरिसके पछि दाँया पट्टिको कुना को माथि “My Account” मा क्लिक गर्नुहोस् । त्यसपछि “Account” लिन्कलाई क्लिक गर्नुहोस् र “Cancel Account” लिंकलाई क्लिक गर्नुहोस् । आफुले अकाउन्ट डिलिट गर्न चाहेको कारण सेलेक्ट गर्नुहोस् र “Cancel My Account” बटनमा क्लिक गर्नुहोस् ।

एमएसएन (MSN):

MSN अकाउन्ट डिलिट गर्ने तरिका याहु को जस्तै नै छ । तपाईंले ३० दिन सम्म

अकाउन्ट use गर्न छाडिदिनुहोस् । ३० दिन सम्म प्रयोग नभए पछि तपाईंको अकाउन्ट इनएक्टिभ हुनेछ र ९० दिन पछि अकाउन्ट आफै डिलिट हुनेछ ।

म्यानुअलि अकाउन्ट डिलिट गर्ने तरिका :

१ हटमेल पेजको माथि दाँया कुनामा भएको सानो एरो (Arrow० मा क्लिक गर्नुहोस् ।
२ Menu option को “View Your Account” मा क्लिक गर्नुहोस् ।
४ त्यहाँ तल भएको “Close Account” लिन्कमा क्लिक गर्नुहोस् ।
५ त्यहाँ भएको सूचना पढ्नुहोस् identity verify को लागि आफ्नो पासवर्ड इन्टर गर्नुहोस् र यस (Yes) बटनमा क्लिक गर्नुहोस्