चर्चित बैज्ञानिक स्टीफन हकिङ्गले मर्नुभन्दा अगाडि यसो भनेर बिदा भए !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ३०, २०७४

विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो ।

उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।

दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।

हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।

के भनेका थिए ?

बस्नयोग्य अर्को ग्रह पत्ता नलगाएको खण्डमा मानवजीवन छोटिन सक्ने प्रख्यात वैज्ञानिक स्टेफन हकिन्सले बताएका छन् । यसै साता अक्सफोर्ड युनियनमा आयोजित एउटा बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र टिक्ने भविष्यवाणी गरे ।

७६ वर्षीय हकिन्सले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयूमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका छन् ।

‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भने, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले ठीक यही लक्ष्यका लागि सन् २००९ मा केप्लर अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यसले हाम्रो भुमण्डलको नजिक पृथ्वीजस्तै आकारको ग्रहको खोजी गर्ने उद्देश्य बोकेको छ जसले हाम्रो सूर्य जस्तै कुनै तारालाई परिक्रमा गरिरहेको होस् ।

यो वर्ष अन्तरिक्षयात्रीहरु प्रोक्सिमा बि पत्ता लगाएर उत्साहित छन् जुन ग्रहले प्रोक्सिमा सेन्टाउरी तारालाई परिक्रमा गर्दछ । यो हामीभन्दा ४.२ प्रकाश वर्ष टाढा रहेको छ, जुन अन्तरिक्षको दुनियामा निकै कम दुरी हो । अहिलेसम्म हामी भागेर जाने सबैभन्दा सम्भावित ठाउँ प्रोक्सीमा बि नै देखिएको छ ।

आफ्नो भाषणको अन्त्यमा हकिङले विद्यार्थीहरुलाई जिज्ञासु रहन प्रेरित गरे । उनले आफ्नो खुट्टातिर नहेरेर माथि ताराहरुतिर हेर्न पनि सम्झाए ।