फेसबुकमा नया फिचर आउदै जसले मचाउने छ तहल्का

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, फाल्गुन २७, २०७४

काठमाडौं- फेसबुकले ‘ऐड वायस क्लिप’ नामको नयाँ फिचर टेष्ट गरिरहेको छ।

यस फिचरमा फोटो र भिडियोको साथै छोटो आवाज रेकर्ड गरेर स्टाटस पोष्ट गर्न सकिन्छ। वायस क्लिप अप्सन स्टाटस अपडेट गर्ने स्थानमा देखिन्छ। फेसबुकमा प्रवक्ता टेकक्रचले आफन्त र साथीभाइहरुलाई जोड्ने यस माध्यम निकै उपयोगी हुने बताएका छन् ।

वायस क्लिप फेसबुक प्रयोगकर्ताहरुलाई संवाद गर्ने नयाँ माध्यम बन्न सक्ने उनले बताएका छन् । फेसबकुले यो नयाँ फिचर आगामी जुलाइमा सार्वजनिक गर्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।