होस गर्नुहोस्, कतै तपाईको पासवोर्ड यस्तो त छैन !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, फाल्गुन २५, २०७४

एजेन्सी – इन्टरनेटमा बढ्दो ह्याकिङका कारण सबैले विचार पुर्‍याएरमात्र पासवर्ड हाल्ने गर्छन् ।

 

सुरक्षा चुनौती र गोपनियता भंग हुने डरले शक्तिशाली पासवर्ड हाल्ने चलन छ । तर एक शोधका अनुसार मानिसहरुले एकैप्रकारका पासवर्ड राख्ने गरेका छन् ।

 

सन् २०१६ मा सबैभन्दा बढी पासवर्ड छ वटा अंक रहेको शोधमा उल्लेख छ । रिपोर्टका अनुसार अधिकांश मानिसले १२३४५६ नै पासवर्डको रुपमा राख्ने गरेका छन् । जुन ६ क्यारेक्टरभन्दा नि कम हुन्छ । जसलाई इन्टरनेटमा कमजोर पासवर्डको रुपमा लिइन्छ । यस्ता पासवर्डहरु ह्याक गर्न सजिलो हुनेगरेको रिपोर्टमा उल्लेख छ ।

 

शोधकर्ताहरुले एक करोडभन्दा बढी सेक्युरिटी कोड्स समीक्षा गर्दा यस्तो तथ्य फेला परेको हो । १२३४५६७८९ वा qwerty किहरु सजिलै टाइप हुने भएकाले मानिसहरु यस्ता पासवर्ड राख्ने गर्छन् । तर सजिलै टाइप हुने यस्ता किहरु सुरक्षाको दृष्टिकोणमा सबैभन्दा कमजोर पासवर्ड हुने गरेको रिपोर्टमा उल्लेख छ ।

 

समीक्षामा भेटिएका अधिकांश पासवर्ड अंकमा रहेको रिपोर्टमा उल्लेख छ । जुन १२३४५६७८, ११११११, १२३४५६७८९०, १२३४५६७, पासवर्ड, १२३१२३, ९८७६५४३२१ जस्ता थिए ।

 

अमेरिकाको पासवर्ड म्यानजमेन्ट कम्पनीका अनुसार १७ प्रतिशत मानिसले १२३४५६ पासवर्ड राख्ने गर्छन् । त्यसैले अपरेटर्सले आफ्ना प्रयोगकर्ताका लागि शक्तिशाली पासवर्ड राख्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने विज्ञहरुको भनाइ छ । जबमात्र इन्टरनेटमा बढ्दो अपराधलाई नियन्त्रण गर्न सकिन्छ ।