फेसबुक प्रयोग गर्तालाई खुशीको खबर; मेसन्जर लाइटमा अब भिडियो च्याट

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौँ – सामाजिक सञ्जाल फेसबुलले म्यासेन्जर लाइट एप्समा नयाँ सुविधा राखेको छ । फेसबुक म्यासेन्जर लाइट चलाउने प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै फेसबुकले भिडियो कलको सुविधा उपलब्ध गराउन थालेको हो ।

 

फेसबुकले आफ्नो मुख्य म्यासेन्जर एप्सको भिडियो च्याटमा पनि केही सुधारहरु गरेको छ । अघिल्लो वर्ष फेसबुक म्यासेन्जरबाट १७ बिलियन पटक भिडियो च्याट भएको थियो । उक्त च्याट सन् २०१६ को तुलानामा दोब्बर रहेको फेसबुकले जनाएको छ ।

 

फेसबुकले यसअघि म्यासेन्जर लाइटमा टेक्स्ट म्यासेजिङ, फोटो तथा लिंकहरु पठाउने सुविधासहित अडियो कलको मात्र सुविधा उपलब्ध गराएको थियो ।