मिन कृष्णले कराते महासंघमा अध्यक्षको उमेदवारी दिने

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र २०, २०७५

http://www.nepatop.com.np/

काठमाडौँ- नेपाल कराते महासंघमा राजनीति दलमा जस्तै बिकृती र गुटबन्दी बध्दै गएको छ। साथै मेनपावर धन्दापनी निकै मौलाएको छ। यी नै बिकृती गुटबन्दी र मेनपावरको धन्दा अन्त्य गर्नका निमित्त राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष कराते अन्तर्राष्ट्रिय खेलाडी मीन कृष्ण महर्जनले कराते महासंघ अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

अहिले कराते दिन प्रतिदिन खस्किदै गएको छ। बिगत १९९८  मा नेपालमा भएको आठौं साफगेममा कराते खेलले १४ स्वर्ण पदक हासिल गरि इतिहास रच्न सफल भएका थिए।

त्यही इतिहास दोहोर्याउन महर्जनले अध्यक्ष उम्मेदवारी दिएको मिडिया डबलीलाई बताएका छन् । त्यति मात्र नभई एसियाली गेममा पदक ल्याउने र २०२४ को लागी ओलम्पिक खेलाडी तयारी पार्ने समेत बताए। त्यति नभइ आफू कराते महासंघको अध्यक्ष निर्बाचित हुने बित्तिकै आफ्नो कार्यकालमा सातै प्रदेशमा एकेडेमी निर्माण गर्ने समेत जानकारी दिए।

महर्जनले सानो उमेरका खेलाडीलाई सातै प्रदेशका खेलाडीहरुलाई इस्कलरसिप पढाइ होस्टेल निर्माण गर्ने योजना रहेको बताए। महर्जनले ५ बर्ष भित्र कम्तिमा ५ जना wkf रेफ्री उत्पादन गर्ने समेत बताए। नेपालमा akf जर्ज र रेफ्री गरि ४० जना छन्। महर्जनले त्यस्लाई पनि वृद्धि गने बताएका छन्।

महर्जनले आफू अध्यक्ष भएपछि बाषिक कार्यक्रम बनाई बर्षको एउटा बृहत राष्ट्रिय कराते प्रतियोगिता गर्ने समेत बताए। ओलम्पिक कमिटीले घोषणा गरेको यहि नोभेम्बरमा नेपालमा हुन लागेको १३ सागगेममा बिगत आठौ साफगेमा जस्तो इतिहास दोहर्याउने समेत बताए।

महर्जन करातेमा निकै लोकप्रिय मानिन्छ। महर्जन अध्यक्ष उम्मेदवारी दिने घोषणा बितिक्कै देशै भरिका खेलाडी, प्रशिक्षक, रेफ्री र बरिस्ठ गुरुहरुले साथ दिएका छ्न। महर्जनको उम्मेदवारीले खेलकुद जगतमा सनसनी मच्चिएको छ।

महर्जनले आफु खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष हुदा निकै चर्चा कमाउन सफल भएका थिए। भिजन र मिसन भएका महर्जनलाई विभिन्न पार्टीसंग आबद्ध भएका खेलाडीहरुले समेत सहयोग गर्ने निश्चिति छ। गत बर्ष महर्जन कांग्रेसबाट प्रदेश निर्वाचनमा उम्मेदवार दिएका थिए। सो चुनाबमा कांग्रेसको अन्तर्घातको कारणले झिनो मतले पराजित भएका थिए।