क्रिकेटमा नेपाललाई अहिलेसम्मकै ठूलो सफलता

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ ।
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो ।
नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ । सो हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यता भने खोसिएको छ ।
मिडिया डबली डबली नेटवर्क्स प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने साझा डबली हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा पढेर शेयर पनि गरिदिनु हुन आग्रह गर्दछौ।