नेपालको सानदार प्रदर्शन, पपुवा न्युगिनीले नेपाललाई दियो ११५ रनको लक्ष्य

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र १, २०७४

काठमाडौँ – आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई ११५ रनको चुनौति पेश गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो ।

नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४/४ विकेट लिए ।

करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।