दोस्रो विकेटको रुपमा दिलिप ४ रनमा आउट, नेपाल दबाबमा

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौं– आईसीसी विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै दबाबमा आएको छ । नेपालका ज्ञानेन्द्र मल्ल र दिलिप नाथ आउट भएका छन् ।

दोस्रो ओभरको पहिलो बलमा नै ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए भने तेस्रो ओभरको दोस्रो बलमा दिलिप ४ रनमा आउट भएका छन् ।

नेपालका ज्ञानेन्द्रलाई सफयान शारिफले बोल्ट आउट गराएका हुन् । नेपालको ३ ओभरको खेल चलिरहदा २ विकेटको क्षतिमा ११ रन भएको छ