मेस्सीले गरे करियरको ६०० औं गोल

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २१, २०७४

काठमाडौं- अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले करियरको ६०० औं गोल गरेका छन् ।

स्पेनिस क्लव बार्सिलोनाबाट सुरुआतदेखि नै व्यवसायिक फुटबल खेलिरहेका मेस्सीले आइतबार राति लिगको खेलमा दोस्रो स्थानको एथलेटिको मड्रिड विरुद्ध निर्णायक गोल गरेपछि मेस्सीले पनि कीर्तिमान रचेका हुन् ।

खेलमा बार्सिलोना १–० ले विजयी भयो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा मेस्सीले २५ औं मिनेटमा गोल गरेका थिए । उनले २५ यार्डबाट हानेको फ्रिकिक सीधै गोल पोष्टको जाली चुम्न पुगेको थियो ।

उनले फ्रिकिकमा समेत ह्याट्रिक गरेका छन् । यसअघिको खेलमा पनि फ्रिकिकबाटै गोल गरेका थिए । यसअघि खेलमा लुइस सुवारेजले गरेको गोललाई लाइन्सम्यानले अस्विकृत गरिदिएका थिए । यो जितले बार्सिलोनाले २७ खेलबाट ६९ अंक जोड्दै एथलेटिको मड्रिड भन्दा ८ अंकले अग्रता बनाउन सफल भएको छ । तेस्रो स्थानको डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडको ५४ अंक छ ।