इंगलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी उपाधि नजिक, चेल्सी पराजित

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २१, २०७४

काठमाडौं – इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ । सिटीले डिफेन्डिङ च्याम्पियन चेल्सीलाई १–० ले हरायो ।

घरेलु मैदानमा सिटीलाई जिताउने क्रममा खेलको ४६ औं मिनेटमा बर्नार्डो सिल्भाले निर्णायक गोल गरे । उता आर्सनल भने ब्राइटनसंग २–१ ले पराजित भयो ।
ब्राइटनका डन्क र मुर्रेले गोल गर्दा आर्सनलका अबामेले फर्काएका थिए । लिगको अंक तालिकामा म्यान्चेस्टर सिटीको ७८ अंक छ भने दोस्रो स्थानको लिभरपुलको ६० अंक छ । यो अन्तरले गर्दा अब सिटीले उपाधि पक्का गर्ने दिन नजिकिँदो छ ।