कोपा डेल रे : स्वारेजको हेडर गोलमा बार्सिलोनाको जित

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

एजेन्सी- लुइस स्वारेजको एकमात्र हेडर गोलको मदतले कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सिया माथि १–० को जित हात पारेको छ।

बिहीबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलको ६७औं मिनेटमा लुईस स्वारेजले लियोनल मेस्सीको क्रममा हेडर गोल गर्दै बार्सिलोनालाई १–० को जित दिलाए।

बार्सिलोनाले अब ८ फेब्रुअरीमा भ्यालेन्सियासँग उसैको घरेलु मैदानमा सेमिफाइनलको दोस्रो लेगको खेल खेल्नेछ।