मलेसियाविरुद्धको खेलमा नेपाल १० विकेटले बिजयी

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, भदौ ३१, २०७४

pashupati

१९ वर्ष मुनिको एसीसी इस्टर्न रिजन क्रिकेट एसिया कप छनौट प्रतियोगितामा मलेसियासँगको सेमिफाइनल खेलमा नेपाल १० विकेटले विजयी भएको छ ।

मलेसियाले दिएको १२२ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको नेपालले एउटा पनि विकेट नगुमाइ २३।१ ओभरमा लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि ओपनरद्वय सन्दिप र आसिफले १ सय २५ रनको साझेदारी गरे । सन्दिपले ७७ बलमा ५१ रन बनाए । उनले ८ चौका प्रहार गरे । यस्तै आसिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए । यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा समेटेको थियो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपाली टोलीका कप्तान दिपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट लिए । यो खेलसँगै नेपाल प्रतियोगिताको उपाधिका लागि अब सिंगापुर र हङकङबीचको बीजेतासँग खेल्ने छ ।