लिग कपमा साउथह्यामटनसँग लिभरपुल १–० ले पराजित

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, पुस २८, २०७३

pashupati

लिग कपको सेमिफाइनल खेलको पहिलो चरणको खेलमा लिभरपुल साउथह्यामटनसँग १–० गोलले पराजित भएको छ । खेलको २० औ मिनेटमा साउथह्यामटनले काउन्टर अट्याकमा गोल गरेको थियो ।

साउथह्यामटनका लागि रेडमन्टले गरेको एकमात्र गोल लिभरपुलमाथि जीत दर्ता गर्न काफी रह्यो ।

लिभरपुलका गोलरक्षक काउरिसले साउथह्यामटनका अवसरहरु विफल पारिदिएका थिए । डिफेण्डर रागनर क्लाभानको गल्तीका कारण रेडमण्डले गोल गर्न सफल भएका थिए ।

गएको सिजन यसै कपमा लिभरपुलले साउथह्यामटनलाई ६–१ गोलले पराजित गरेको थियो ।