टोटनह्यामको अपराजित यात्रा टुंगियो, चेल्सी शीर्ष स्थानमा कायम

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा कायम रहन सफल भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई २–१ ले हराएको हो ।

टोटनह्यामको अपराजित यात्रा टुंग्याउने क्रममा चेल्सीलाई जिताउन पेड्रो र भिक्टर मोसेसले गोल गरे । माउरिसिओ पोकेटिनाको टिम टोटनह्यामलाई हराउन भने चेल्सीले निकै संघर्ष गर्नुपर्‍यो ।

११ औं मिनेटमा क्रिष्टियन एरिकसनले गोल गर्दै टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । ४५ औं मिनेटमा पेड्रोले चेल्सीका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५१ औं मिनेटमा मोसेसले गोल गरेपछि चेल्सीले २–१ को अग्रता लियो ।

त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र चेल्सी २–१ ले विजयी भयो । टोटनह्यामले पछिल्ला ३० खेलमा चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा जित्न सकेको छैन । चेल्सीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन जारी राखेको छ ।

शीर्ष स्थानको चेल्सीको १३ खेलबाट ३१ अंक भएको छ । चेल्सी दोस्रो र तेस्रो स्थानका लिभरपुल र म्यानचेस्टर सिटी भन्दा एक अंकले अघि छ । १३ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ ।