हङकङ विरुद्धको फाइनल खेलमा नेपालका सागर ढकालले आक्रामक बलिङ

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार २४, २०७६

http://www.nepatop.com.np/

 काठमाडौँ- मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तगर्त हङकङ विरुद्धको फाइनल खेलमा नेपालका सागर ढकालले आक्रामक बलिङ गरेका छन् । उनले ६ ओभरमा मात्र ६ रन दिएर हङकङको चार विकेट झारेका छन् ।

यस क्रममा सागरले तीन ओभर मेडन फाले । हङकङको खाता नखुल्दै सागरले दुई विकेट झारेका थिए भने त्यसपछि थप दुई विकेट लिएका हुन् ।

१८ ओभरको खेल सकिँदा हङकङले चार विकेट गुमाएर मात्रै ३९ रन बनाउन सकेको छ ।

उपाधि विजेता टिम यू–१९ एसिया कपमा छनोट हुनेछ ।